पोखरा महानगरका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम
पाेखरा | जेठ १, २०८१
पोखरा: पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुुनर्ताजगी तालिम सुरु भएको छ ।“मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने उद्देश्य सहित तीन दिनसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिका कार्यबाहक प्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुरुङले पोखरा महानगरपालिका न्यायिक समिति उत्कृष्ट रहेको उल्लेख गर्दै उत्कृष्ट बनाउन मेलमिलापकर्ता लगायत सबैको भुमिका महत्वपूर्ण रहेको बताउनुुभयो ।
सरकार बन्नका लागि कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका हुनुुपर्ने बताउदै उहाँले सरकारको न्यायपालिकाको रुपमा न्यायिक समिति रहेको उल्लेख गर्दै विवाद समाधानका लागि मेलमिलापकर्ताहरुको मन मिलाउने कार्यमा इमान्दारीताका साथ लाग्नुपर्ने बताउनुभयो ।
कार्यबाहक प्रमुख गुुरुङले विवादले फाटेका मनहरुलाई मेलमिलापका माध्यबाट सिलाउने प्रयत्न मेलमिलापकर्ताहरुले गर्ने भएकाले तालिमको आयोजना गरिएको बताउनुुभयो । उहाँले स्थानीय तहबाटै विवाद उत्पन्न हुने भएकाले वडाबाटै यसको समाधान गर्ने उद्देश्यले वडामा मेलमिलापक केन्द्र स्थापना गरिएको बताउनुभयो ।
पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधकिृत श्यामकृष्ण थापाले तालिमबाट नयाँ कुराहरु सिक्ने अवर प्राप्त गर्ने भएकाले यस्ता तालिमहरु फलदायि हुने विश्वास ब्यक्त गर्नुभयो ।
पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष एवं एमाले दलका नेता राधिका शाही योगीले तालिमले सशक्त बनाउने र मेलमिलाप गराउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नुुभयो । मेलमिलापकर्ताहरुलाई केही अप्ठ्यार भएपनि विवाद समाधानका लागि प्रयास गरिरहेको बताउदै त्यसका लागि वडा र महानगरले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसको तर्फबाट महानगरका दलका नेता एंव वडा नम्वर २ का अध्यक्ष दिवसमान प्रधानांगले पोखरा महानगरको न्यायिक समितिले उत्कृष्ट कार्य गरेको बताउदै वडामा हुने विवादलाई मेलमिलाप मार्फत समाधान गरेर नागरिकलाई सहज रुपमा न्याय दिलाउनुपर्नेमा जोड दिनुभयो ।
महानगर न्यायिक समिति सदस्यहरु कालिदास पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति सदस्य रजनी परियार, मेलमिलापकर्ताद्धय जमुुना पराजुली, केशबराज बराल र महानगर न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोमनाथ लम्सालले मेलमिलापकर्ताका बारेमा बोल्नुुभएको थियो ।
पोखरा महानगरमा हाल १६९ जना मेलमिलापकर्ता सुचिकृत भएको र पहिलो चरणमा १ देखि १८ नम्वर वडाका मेलमिलापकर्तालाई पुुनर्ताजगी तालिम सञ्चालन गरिएको मेलमिलापकर्ता संयोजक सोमनाथ लम्सालले जानकारी दिनुभयो ।१९ देखि ३३ नम्वर वडाका मेलमिलापकर्तालाई जेठ ९ देखि ११ गतेसम्म दोश्रो चरणमा तालिम सञ्चालन गरिने न्यायिक समिति सदस्य कालिदास पोखरेलले बताउनुभयो ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

